उद्धार उडान आजदेखि पुनः एक हप्ता सम्म हुने

सहयात्रा टिभी

काठमाडौं । असार–३१, एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन स्थगित भएको उद्धार उडान आजदेखि सुरु हुने भएको छ । यसअघि उडानको समिक्षा गर्न भन्दै दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ । यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ ।

 

नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् भने आजै यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान गर्ने भएको छ ।

कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।साउन ६ पछि अवस्था विश्लेषण गरेर नियमित उडान गर्ने या अहिलेझैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ ।

प्रकाशित : 15 July, 2020

प्रतिक्रिया दिनुहोस्