‘मायालु तिमी २’ बोलको गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०२, ‘मायालु तिमी २’ बोलको गीत सार्वजनिक गरिएको छ । कलाकार पल शाह र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको यस म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


यो गीतमा संगीत राजनराज शिवाकोटीको रहेको छ । यस्तै गीतका शब्द दिनेश थपलियाले कोरेका हुन् । म्युजिक भिडियोमा पल शाह र स्वस्तिमा खड्कासहित एञ्जल राई र अर्विन खड्काको समेत अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् भने विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यस्तै भिडियोमा अर्जुन जिसीको सम्पादन तथा नवराज उप्रेतीले छायांकन गरेका हुन ।

प्रकाशित : 17 July, 2020

प्रतिक्रिया दिनुहोस्