सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना

काठमाडौं । श्रावण–०३, जल तथा मौसम विज्ञान विभागका अनुसारआगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू—भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको हो ।
प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । ।