कोरोना महामारीभर अन्तर बैंक एटीएम निःशुल्क

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०२, कोरोना भाइरसको महामारी रहुन्जेल एक बैंकको एटिएम कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो ।


बैंकहरुले गत चैत ७ गतेदेखि असार मसान्तसम्म जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क लिएनन् । तर साउन लागेसँगै पुनः शुल्क काटिन थालेको छ । तर नेपाल राष्ट्र बैंकले कोभिडको असर कायमै रहेको भन्दै यो व्यवस्था अझै निशुल्क बनाउने जनाएको छ । अब भने राष्ट्र बैंकले नै यस सम्बन्धमा आवश्यक व्यवस्था गरिने बताएको छ ।

प्रकाशित : 17 July, 2020

प्रतिक्रिया दिनुहोस्