डिसहोमका सुदीप आचार्यको अध्यक्षतामा “डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल” गठन

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०३,डिजिटल टेलिभिजन अपरेटहरुले “डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल” संस्था गठन गरेका छन् ।डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यको अध्यक्षतामा नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल संस्था गठन भएको छ । डिजिटल टिभी अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षण गर्ने उदेश्‍यले यो संस्था गठन भएको जनाइएको छ।

यस संस्थामा,अध्यक्ष –सुदीप आचार्य – डिशहोम
सदस्य – दिनेश सुवेदी – म्याक्स टि.भी.
सदस्य – प्रकाश घिमिरे – मेरो टि.भी.
सदस्य – विनय बोहोरा – भायो टि.भी.
सदस्य – विनोद तिमलसिना – ब्रोड टि.भी.
सदस्य – निरन राज भण्डारी – नेट टि.भी.
सदस्य – रविन सुवेदी – प्रभु टि.भी.
सदस्य – अमित थापा – क्लियर टि.भी.
रहेका छन् ।

डिजिटल टिभी अपरेटर तथा उपभोक्ताको हक हितलाई मध्य नजर राखि आगामी तीन महिना भित्र लागुहुन गइरहेको क्लिन फिड नीतिलाई मन्त्रालयसँग समन्वय गर्ने पनि संस्थाले बताएको छ । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै निम्न लिखित विदेशी  न्यूज च्यानलहरुलाई अर्को सूचना सम्मको लागि  बन्द गर्ने निर्णय गरेको थियो,
-आजतक
-एविपि न्यूज
-जि न्यूज च्यानल
– इन्डिया टि.भी.

प्रकाशित : 18 July, 2020

प्रतिक्रिया दिनुहोस्