बिपी र पुष्पलालका विचारलाई थप विकास गर्नुपर्छः वरिष्ठ नेता बाबुराम भट्टराई
काठमाडौं । श्रावण–०६, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसरमा आज बिहान ट्विट गर्दै सम्झिएका छन् । दुवै नेताको स्मृति दिवसको अवसरमा आज बिहान ट्विट गर्दै भट्टराईले कांग्रेस र कम्युनिस्टका वर्तमान तेताहरुप्रति कटाक्ष गरेकासमेत गरेका हुन् ।
उनले लेखेका छन् ।, ‘बिपी र पुष्पलाललाई कांग्रेस–कम्युनिस्ट धारले बढाइचढाइ स्तुति गर्ने र भोलिदेखि बिर्सने क्रम यो बर्ष पनि चल्नेछ’, ‘न्यूटनले भने झैं वैज्ञानिक र चिन्तकले अग्रजहरूका काँधमा उभिएर ज्ञानविज्ञानको थप विकास गर्ने र भविष्यको बाटो देखाउने हो ।’ नेता भट्टराईले बिपी र पुष्पलालको विचारलाई थप विकास गर्ने अहिलेको आवश्यकता रहेकोसमेत औंल्याएका छन् । ‘अहिलेको आवस्यकता बिपी र पुष्पलालका विचारलाई थप विकास गर्ने हो है’,!