ललितपुर र भक्तपुर भएर बग्ने नदीमा बाढीको खतरा, उच्च सतर्क अपनाउन सरकारको आग्रह

काठमाडौं । श्रावण–०६, पछिल्लो ६ घण्टाको मापनले काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको देखाएको छ । जसका कारण उपत्यकाका सबैजसो नदीका बाढी बस्तीमा पस्ने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै ललितपुर र भक्तपुर भइ बग्ने नदीमा बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । ‘मनोहरा, हुनमन्ते र नख्खुलगायत ललितपुर र भक्तपुर भइ बहने प्रायः सबै नदीमा बहावको खतरा छ’, सूचनामा भनिएको छ’, ‘नदी–नालाको पानी सडक र बस्तीसम्म आउन सक्छ ।’ आज बेलुकासम्म नै उच्च सतर्क अपनाउन सरकारले आग्रह गरेको छ ।