रोनाल्डोको गोलसँगै युभेन्टस विजयी

सहयात्रा टिभी

एजेन्सी । श्रावण–०६, स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । सोमबार राति भएको खेलमा युभेन्टसले लाजिओमाथि २-१ गोलले विजयी भएको हो ।


युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका हुन् । रोनाल्डोले खेलको ५१औ मिनेटमा पेनाल्टीबाट गोल गरे भने ५४ मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै लाजियोका लागि खेलको ८३औ मिनेटमा किरो इम्मोबाइलले पेनाल्टीबाट गोल गरेका थिए । रोनाल्डोले यस खेलमा २ गोल गरेर सिरी ए मा आफ्नो गोल संख्या ५० कटाएका छन् । उनी प्रिमियर लिग, ला लिगा र सिरी ए मा गरि तीन ठुला लिगमा ५० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

प्रकाशित : 21 July, 2020

प्रतिक्रिया दिनुहोस्