नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु
सहयात्रा टिभी
पर्सा । श्रावण –०८,पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका-६ माईस्थानका करिब ७० वर्षीय पुरुषको मंगलबार अपरान्ह उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।
गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले उनलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। तर कोरोनाको शंकापछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएपछि अपरान्ह उनको मृत्यु भएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।