पुन: एसिड प्रहार ,एसिड प्रहार आशंकामा दुई युवा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०९,वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको उक्त घटनामा दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसरका प्रमुख श्यामलाल ज्ञावलीले बताए ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेको खुलेको छ । निज युवती पसलबाट दही किनेर फर्कदै गर्दा मोटरसाइकलमा आएका युवकले मोटरसाकलमा घर पु¥याइ दिन्छुु भनेको र उनले नजिकै हो पर्दैन भने पछि केही पर पुगेर फेरि फर्किएर आएर एसिड प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।घटना हेर्दा केटाले एकतर्फी रुपमा मन पराएको जस्तो देखिएको र केटीसँग पनि फोनमा सम्पर्क हुने गरको देखिएको छ ।गए राती घटना भए लगतै प्रहरीका विभिन्न तहबाट दुईसय जना जति प्रहरी परिचालन भएको र प्रहरीले सीसी क्यामेरामा कैद भएको दृष्यहरुका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रकाशित : 24 July, 2020

प्रतिक्रिया दिनुहोस्