हजारको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०९, हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेभएकाछन् ।एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने छ ।नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेपछि यो अवस्था आएको हो । बैङ्कका प्रवक्ता गुणाकर भट्टले स्वदेशकै हात्तीको तस्बिर राख्नुपर्छ भन्ने विषय उठेपछि नेपालकै हात्तीको तस्बिर राखेर परिवर्तन गरिएको जानकारी दिए।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल नोटमा आफ्नै देशका जुम्ल्याहा हात्ती राख्दा सकारात्मक सन्देश गएको बताउँछन् । एक हजारको नोटमा राम–लक्ष्मणको तस्बिर राख्ने कदमले संरक्षणकर्मीलाई गर्वको अनुभूति गराएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठको भनाई छ । नयाँ नोट काठमाडौँमा उपलब्ध भइसकेको छैन ।बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले पृथ्वी राजमार्गको पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट आएका नोट चितवनमै रहेको जानकारी दिए । बाटो खुल्नासाथ नयाँ नोट काठमाडौँमा ल्याइनेछ । बैङ्कमा रहेको नोट डिजाइन कमिटीले सिफारिस गरे अनुसार नेपाली हात्तीको तस्बिर राखिएको हो ।

प्रकाशित : 24 July, 2020

प्रतिक्रिया दिनुहोस्