सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०९, नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ९सय ४१ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो भने चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार १४५ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएकोछ ।

प्रकाशित : 24 July, 2020

प्रतिक्रिया दिनुहोस्