कोरोना अस्पतालमा उपचाररत एक भारतीय व्यवसायीको मृत्यु

काठमाडौं । श्रावण–११,नारायणी अस्थाई कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।
शनिबार गरिएको आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी छ । वीरगन्जको आर्दशनगरस्थित रुंगटा मार्केटमा पसल व्यवसाय गरिरहेका ६५ वर्षीय भारतीय नागरिकको आइतबार बिहान मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा। निरजकुमार सिंहले बताएका छन् ।शनिबार दिउँसो ज्वरो, खोकी, स्वासप्रस्वाशमा समस्या लिएर उनी नारायणी अस्पतालको आकस्मिक विभागमा आएका थिए । ‘आकस्मिक कक्षमै उनको आरडीटी परीक्षण गरियो, पोजिटिभ आएपछि स्वाब संकलन गरि राति करिब ८ बजे कोरोना अस्पताल रेफर गरिएको थियो ।’डा.सिंहका अनुसार उनी मुटु रोगी थिए भने मृतक मधुमेहले समेत पीडित रहेको बताइएको छ।