प्रधानमन्त्री ओली र गौतमबीच बैठक सम्पन्न, पार्टी फुट्न नदिने विषयमा छलफल

सहयात्रा टिभी

काठमाडौं । श्रावण–१३,भैँसेपाटीस्थित गौतम निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार अबेर साँझ भएको छलफल सम्पन्न भएको छ ।छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छललफल भएको भैँसेपाटी स्रोतले बताएको छ ।

अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका थिए। उनीहरू साँझ ९ बजे गौतम निवासबाट बाहिरिएको बताइएको छ ।प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेलको पनि उपस्थिति रहेको थियो । भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरेकाछन्।विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले बैठकमा दिएको बताइएको छ । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राखेको छ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ । नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बैठक सकारात्मक रहेको बताए ।

प्रकाशित : 28 July, 2020

प्रतिक्रिया दिनुहोस्