बुहारी ऐश्वर्या र नातिनी कोरोनामुक्त भई डिस्चार्ज भएपछि अमिताभले आँशु थाम्न सकेनन्
मुम्बइ। श्रावण–१४,यतिबेला मुम्बइको नानावती अस्पतालमा कोभिड १९ को उपचारमा बलिउड अभिनेता अमिताभ बच्चन छन् । उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या पनि कोरोना संक्रमित भएपछि उपचार भइरहेको छ । तर जब बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबाट डिस्चार्ज भइन्, अमिताभले आँशु थाम्न सकेनन् ।अमिताभले हालै ट्वीट गर्दै बुहारी र नातिनी घर फर्किएको जानकारी दिएका थिए । ‘सानी नातिनी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँशु रोक्न सकिनँ, प्रभु तिम्रो कृपा अपार, अपरम्पार छ,’ अमिताभले हिन्दी भाषामा लेखेका थिए ।
ऐश्वर्या १० दिनपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तर उनका पति अभिषेक र ससूरा अमिताभ अस्पतालमै उपचाररत छन् । यससँगै ऐश्वर्या र उनकी छोरी आराध्या घर पुगेपछि पनि नियमित स्वास्थ्य निगरानीमा रहने बताइएको छ । अमिताभ र अभिषेकलाई जुलाइ ११ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट ऐश्वर्या पनि संक्रमित भएको जानकारी दिइएको थियो ।