थप एकको कोरोनाबाट मृत्यु
वीरगन्ज । श्रावण–१४, ६ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
उनका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको डा. सिंहले बताए । ‘६ दिनदेखि कोरोना अस्पतालमा उपचार गराइरहेका ६८ वर्षीय वृद्ध पुराना मुटुरोगी पनि थिए,’ ‘बुधबार १० बजेर ४० मिनेटमा उनको मृत्यु भएको छ ’ डा. सिंहले भने ।८ दिनयता वीरगन्जमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ ।