महेन्द्र पुलिस क्लब अगाडि ‘इनफ इज इनफ’का अभियन्ताद्वारा धर्ना

सहयात्रा टिभी

काठमाडौं । श्रावण–१५, ‘इनफ इज इनफ’का अभियन्ताहरू गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लबअगाडि धर्ना दिएका छन् ।सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा पाँचजना पक्राउ परेका थिए । अभियानका सदस्यहरू पक्राउ परेपछि आक्रोशित बनेको अभियन्ताहरूले पुलिस क्लबअगाडि धर्ना दिएका हुन् ।पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसीलगायत रहेका छन् । प्रहरीले पक्राउ गरेका अभियन्ताहरूलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

अभियन्ताहरूले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने भन्दै देशैभरि विभिन्न स्थानमा अनशन, विरोध गर्दै आएका छन् । अभियन्ताहरूले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता सरकारले असार २३ गते जनाएको थियो ।

प्रकाशित : 30 July, 2020

प्रतिक्रिया दिनुहोस्