डिशहोमद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण
काठमाडौं। श्रावण–१६,एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले यस अफर मार्फत नयाँ ग्राहकहरुलाई डिस होमतर्फ आकर्षित गरिरहेको छ । ग्राहकहरुलाई डिजिटल प्रविधिबाट गुणस्तरीय सेवासुविधा प्रदान गर्ने डिस मिडिया नेटवर्कले नियमसंगत व्यापारलाई अनुसरण गरि नेपाली समाजमा एक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रुपमा अघि बढिरहेको हो ।ग्राहकहरुलाई गुणस्तरीय सेवा तथा च्यानल प्याकेजको छनौटको सुविधा, उच्च र विश्वस्तरीय प्रविधिहरुको प्रयोग र नेपालभर फैलिएको सेवा संञ्जालका कारण नै आज डिस होम नेपालभर लोकप्रिय बन्दै गएको हो ।
डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ३ जम्बुमा पहिरो प्रभावित स्थानियहरु लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पिडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैया रकम राहत स्वरुप उपलव्ध गराईएको छ । डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरो बाट अति प्रभावित जम्बु सम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारहरु लाई उपलब्ध गराईएको छ ।
सामाजिक उत्तरदायित्व लाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । एसईई तयारी कक्षा देखि लकडाउनको समयमा बिद्यार्थिहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रशारण गरिरहेको छ ।