नसिरुद्दिन शाह भन्छन्, “अबको २५ वर्षमा सिनेमा हल बाँकी रहने छैनन्”

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२०,कोरोनाले गर्दा चार महिनादेखि भारतका सिनेमा हल बन्द छन् । बलिउड फिल्मकर्मीले डिजिटल प्लेटफर्ममार्फत् फिल्म प्रदर्शन गरिरहेका छन् ।अभिनेता नसिरुद्दिन शाहले डिजिटल प्लेटफर्मको प्रयोगलाई मध्यनजर गर्दै अबको २५ वर्षभित्र सिनेमा हलहरु बाँकी नरहने धारणा राखेका छन् ।

उनले हालै बलिउड हंगामालाई भनेका छन्, ‘मलाई लाग्छ अबको २५ वर्षमा कुनै हल बाँकी रहने छैनन् । ती सब सपिङ मलु या त रेष्टुरेन्टमा परिणत हुनेछन् ।’उनी थप्छन्, ‘सबैजना घरमै बसेर फिल्म हेर्नेछन् । यही हो भविष्य । ओटीटी प्लेटफर्मका फिल्मले दर्शकको सिट्टी, ताली कसरी पाउँछ त्यो हेर्न रमाइलो हुनेछ । सलमानको फिल्मले के गर्ला रु यो त स्टेडियममा एक्लै खेल हेर्न बसे झैं हुन्छ । मलाई लाग्दैन त्यसमा मज्जा हुन्छ ।’आनन्द तिवारीले निर्देशन गरेको अमोजन प्राइमको सिरिज ‘बन्दिश ब्यान्डित्स’मा नसिरुद्दिन शाह देखिँदैछन् ।

प्रकाशित : 4 August, 2020

प्रतिक्रिया दिनुहोस्