उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं ।श्रावण–२१, काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

काठमाडौंका ५७ जना र ललितपुरका ५ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। मंगलबार पनि उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ३९० पुगेको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३० जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १५ हजार १ सय ५६ पुगेको बताइएको छ।पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर नमुना परीक्षण भएका छन्।क्वारेन्टाइनमा रहनेको संख्या ९हजार ९सय २५ ‍पुगेको छ यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार १ सय ७४ जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार हाल सम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको छ।

प्रकाशित : 5 August, 2020

प्रतिक्रिया दिनुहोस्