सुटकेशमा टाउको र खुट्टा अलग गरिएको शव फेला

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२५, काठमाडौँको गोङ्गबुमा सुटकेशमा टाउको र खुट्टा अलग गरिएको शव फेला परेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी दीपक थापाले गोङ्गबु चोकको गणेश मन्दिरबाट बानियाँटार जाने बाटोतर्फ दुई सय मिटरको दूरीमा कालो सुटकेशमा टाउको र खुट्टा नभएका शव फेला परेको र सोही स्थानभन्दा करिब तीन सय मिटरको दूरीमा रहेको फोहोर फाल्ने खोल्सामा टाउको र दुई वटा खुट्टा राखेको झोला फेला परेको बताएकाछन् ।प्रहरी पुगेर सुटकेस खोलेर हेर्दा एउटा विभत्स शव फेला पर्‍यो।

टाउको विनाको शव सुटकेसभित्र थियो। घटना हत्या भएको जानकारी पाएपछि थप प्रहरी घटनास्थल पुगे। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाली र महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा समेत घटनास्थल पुगे।विभिन्न अनुसन्धान टोली बोलाइयो। नेपाल प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जबाट अनुसन्धानको लागि तालिम प्राप्त कुकुर ल्याइयो। कुकुरले सुँघेर केहि पर गयो। एउटा झोलालाई संकेत गर्‍यो। प्रहरीले झोला खोलेर हेर्‍यो। अर्को विभत्स दृष्यः टाउको र खुट्टा झोलामा थियो।स्थानीय धीरेन्द्र चौधरीले सुटकेश देखेको र त्यसबाट गन्धसमेत आएकाले शङ्का लागेर प्रहरीलाई खबर गरेको र शव हेर्दा अन्दाजी ४४ वर्षीय पुरुषको हुनसक्ने प्रहरीले जनाएको छ ।प्रहरीले शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्‍याएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : 9 August, 2020

प्रतिक्रिया दिनुहोस्