गृहमन्त्रालयले गर्यो सात सीडीओको सरुवा

सहयात्रा टिभी

काठमाडौं । श्रावण –२६,गृहमन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले निम्न प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ:

१.गृह मन्त्रालयका सह–प्रवक्ता एवं उपसचिव उमाकान्त अधिकारी म्याग्दीको सीडीओ भएका छन् ।

२.गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ ।

३.सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा गरेको छ ।

४.जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सीडीओ खिमलाल भुसाललाई प्युठानको सीडीओ बनाइएको छ ।

५.सहायक सीडीओ राजकुमार राईलाई झापाबाट सरुवा गरेर पूर्वीरुकुमको सीडीओ बनाइएको छ ।

६.सहायक सीडीओ धु्रव गिरीलाई स्याङजाबाट सरुवा गरेर मनाङको सीडिओ बनाइएको छ ।

७.राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको सीडीओ बनाइएको छ ।

प्रकाशित : 10 August, 2020

प्रतिक्रिया दिनुहोस्