सुनको मुल्यमा उतार-चढाव

सहयात्रा टिभी

काठमाडौ । श्रावण –२८,लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको हो ।

मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।त्यसैगरी बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० कायम भएको छ । भने मंगलबार नेपाली बजारमा चाँदीको बजारमूल्य एक हजार ४ सय ३५ कायम भएको थियो ।महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि भाउ घटेको बताएको छ ।

प्रकाशित : 12 August, 2020

प्रतिक्रिया दिनुहोस्