पेट्रोल खाँदा एक बालकको मृत्यु

सहयात्रा टिभी

मुस्ताङ। श्रावण–२८,जिल्ला प्रहरी कार्यालय मुस्ताङले ,मुस्ताङको घरपझोङ गाउँपालिका–३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार घरपझोङ–३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदा मृत्यु भएको हो ।१७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रकाशित : 12 August, 2020

प्रतिक्रिया दिनुहोस्