पत्रकार बानियाँ मृत फेला

काठमाडौं । श्रावण–२८,पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन्। बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा फेला परेको हो। कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँ सोमबारदेखि हराएका थिए।
महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)दिपक थापाका अनुसार पत्रकार बानियाँको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ। घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए।महानगरीय अपराध महाशाखामा करिब एक सातादेखि उनी घरको सम्पर्कमा नभएपछि परिवारले खोजि गरिदिन निवेदन दिएका थिए। बल्खु बगरमा उनको जुत्ता भेटिएपछि बानियाँको बागमती बगरमा चिप्लिएर नदीले बगाएको आशंका गरिएको छ। स्थानीयले गत सोमबार दिउँसो एक पुरुषले बल्खु पुल मुनि चिप्लिएको र उनलाई उद्धारका लागि बाँस र डोरी दिँदा पनि बचाउन नसकिएको बताएका थिए।साढे दुई दसकदेखि पत्रकारिताका सक्रिय बाँनिया ुहक्की स्वभावका रिपोर्टरुका रुपमा चर्चित थिए।कान्तिपुर दैनिकमा चिफ रिपोर्टरको रुपमा काम गरिसकेका बाँनिया हाल सहायक सम्पादका रुपमा कार्यरत थिए। मरेपछिको प्रशंसा हैन। बलराम बानियाँ जत्तिको निष्ठावान पत्रकार निक्कै कम छन् नेपाली सञ्चार क्षेत्रमा । राजनीतिक घटनाक्रम, सुशासन तथा आर्थिक चलखेलमा खोजमूलक रिपोर्टिङ गर्दै आएका बाँनियाले केही समय नागरिक दैनिकमा पनि काम गरेका थिए।