उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारलाई नाका बाट नै फर्काइयो

सहयात्रा टिभी

काठमाडौं । श्रावण–३०,सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ। लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ। जसमध्ये ३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइएको छ भने ३९ हजार ५ सय ७ जनालाई मास्क दिएर पठाइएको छ।प्रहरीले मास्क नलगाउने २५ हजार २ सय ७ जनालाई जरिवाना गरेको छ। सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ।सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका भित्र र दुई सय भन्दा धेरै संक्रमित रहेका जिल्लामा जोरबिजोर प्रणालीमा सवारी चलाउने दिने, आवागमनको लागि तोकिएको गाडीमात्र चल्न दिने, अनिवार्य मास्क लगाउनुपर्ने, व्यक्तिगत दूरी कायम गर्नुपर्ने लगायतका निर्णय गरेको छ।

प्रकाशित : 14 August, 2020

प्रतिक्रिया दिनुहोस्