काठमाडौंमा उपचार नपाएपछि गाउँ फर्किए एक कोरोना संक्रमित
सिन्धुली । श्रावण–३०, सिन्धुलीका एकजना कोरोना भाइरस संक्रमित उपचार नपाएपछि गाउँ फर्किएका छन्। जिल्लाको तीनपाटन गाउँपालिका ९ रिठ्ठेका ७५ वर्षीय वृद्ध पुरुष उपचार नपाएपछि गाउँ फर्किएका हुन्।
स्वास्थ्यमा समस्या आएपछि ती वृद्धलाई आफन्तले गएको १६ गते काठमाडौं लिएर गएका थिए।उनको उपचारका क्रममा गत बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पीसीआर परीक्षण गराउँदा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि काठमाडौंका अस्पतालले वृद्धको उपचार गर्न नमानेपछि उनका छोराले कोरोना लागेको छैन भन्दै झुक्याएर घरमा ल्याएको टिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए। उनले भने, “काठमाडौंका अस्पतालले उपचार नगरिदिएपछि उनलाई छोराले ट्याक्सी रिजर्भ गरेर शुक्रबार बिहान तीन बजेनै घर ल्याएका रहेछन्।उनको सुरक्षा र स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी र प्रहरीको टोलीलाई पठाइएका छौं।” सिन्धुलीमा आइसोलेसन बेडसमेत अभावका कारण एक दिन घरमै सुरक्षित राख्ने र शनिबार मात्र उपचारका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी गरिएको पनि अध्यक्ष थापाले भने।कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई गाउँमा ल्याएको भन्दै स्थानीय त्रसिद भएका छन्। उक्त वृद्ध उपचारका लागि तीनपाटनबाट साउन १५ गते दुधौली नगरपालिका ४ डकाहमा १५ गते गइ बसेको समेत खुलेको छ।इलाका प्रहरी कार्यालय डकाहका प्रमुख सुगन्ध श्रेष्ठले उनी बसेको डकाह बजार सिल गरेर राखिएको बताए।यस विषयमाजनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाह भन्छन् कोरोना संक्रमित वृद्धको उपचार नभएपछि गाउँमा ल्याइएको विषय आफूलाईकुनै जानकारी छैन् ।