कोरोनाबाट थप एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भाद्र –०२,काभ्रेमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको जानकारी दिएकाछन् ।


कार्यविधिअनुसार नै उनको शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी रहेको उनले जानकारी दिए ।योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।हालसम्म जिल्लामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : 18 August, 2020

प्रतिक्रिया दिनुहोस्