कोरोनाका कारण काँग्रेस जिल्ला उपसभापतिको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०२, नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी दिएकाछन् । पार्टी समायोजनको क्रममा उनी असार २९ गतेदेखि जिल्लाको काँग्रेस उपसभापति भएका थिए ।

प्रकाशित : 18 August, 2020

प्रतिक्रिया दिनुहोस्