पछिल्लो २४ घण्टामा थपिए १ हजार १६ जना कोरोना संक्रमित,कुल संक्रमित संख्या २८ हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०२, कोरोना भाइरसका एकहजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।आइसीयूमा रहेर उपचार भइरहेका सङ्क्रमितहरू प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको उनले जानकारी दिएकाछन् ।काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन् ।थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् ।कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एकसय १४ पुगेको छ ।

प्रकाशित : 18 August, 2020

प्रतिक्रिया दिनुहोस्