राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि

काठमाडौं । भाद्र–०३,मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई अन्तिम विदाइ गरिएको छ ।
पशुपति आर्यघाटमा केहीबेरअघि मात्रै घिमिरेको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ। राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीरुमा दागवत्ती दिएको बताइएको छ। घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् । घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुगेका थिए भने राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले दागवत्ती दिनुअघि सलामी अपर्ण गरेको थियो ।