कोरोना कहर : स्थगित भयो नेपाल क्रिकेट संघको साधारणसभा

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०९,नेपाल क्रिकेट संघ (क्यान) को भदौ दोस्रो साताका लागि तोकिएको साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोना महामारीका कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।विज्ञप्तिमा स्थगित साधारणसभा आईसीसीसागको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने उल्लेख छ । क्यानले सिनियर पुरुष टोलीका खेलाडी, अफिसियल, ग्राउन्ड,सपोर्ट स्टाफ गरी ५१ जनाको कोरोना बिमा गरिदिएको थियो ।यसैबीच क्यानले राष्ट्रिय महिला टोलीका १८ जना खेलाडीको कोरोना बिमा गरिएको जनाएको छ ।

प्रकाशित : 25 August, 2020

प्रतिक्रिया दिनुहोस्