नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ३६ हजार नाघ्यो
काठमाडौं । भाद्र –१२, काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएकोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल सङ्क्रमित संख्या ३६ हजार ४५६ पुगेको जनाएको छ ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । होम आइसोलेसनमा ६ हजार ४४६ र संस्थागत आइसोलेसनमा ९ हजार ५७३रहेको मन्त्रालयले बताएकोछ ।आइसीयूमा १६४ जना रहेका छन् भने भेन्टिलेटरमा २२ जना रहेर उपचार भइरहेको छ ।पछिल्लो २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।योसँगै कुल डिस्चार्ज भएकाहरू २० हजार २४२ पुगेको छ । कुल निको हुने दर ५६ प्रतिशत छ ।विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ९३९ रहेका छन् ।नेपालमा २४ घण्टामा सङ्क्रमित चार महिलासहित १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने संख्या १९५ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएकाछन्।