चेन्नाईको टोलीका १० सदस्यमा कोरोना संक्रमण पुष्टि
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । भाद्र–१३, इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्न लागेको चेन्नाई सुपर किंग्सका १० सदस्यमा कोभिड १९ ९कोरोना० संक्रमण रहेको जनाइएको छ । क्रिकइन्फोका अनुसार त्यसमा १ खेलाडीमात्र रहेका छन् । संक्रमणमा टोलीका सपोर्ट स्टाफ सदस्यहरु र नेट बलरहरुको संख्या बढी छ ।अब चेन्नाईको प्रशिक्षण दुबईमा सेप्टेम्बर १ मा मात्र सुरु हुनेछ । निर्धारित तालिकाअनुसार चेन्नाईको प्रशिक्षण शुक्रबार सुरु हुँदै थियो । भारतमा कोरोनाको महामारी नरोकिएपछि आईपीएललाई दुबईमा खेलाउने निर्णय गरिएको थियो । सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएलको नयाँ सिजनको खेल तालिका अझै प्रकाशित भएको छैन ।
आईपीएलको नियमअनुसार ज-जसमा कोरोना संक्रमण देखिएको छ उनीहरुले कम्तीमा दुई साता क्वारेन्टाइनमा रहनु पर्नेछ र टिमका अन्य सदस्यसँग जोडिनुअघि थप दुई परीक्षण गर्नु पर्नेछ । यूएईमा भएको परीक्षणपछि चेन्नाईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण देखिएको हो । कोभिड १९ को प्रोटोकलअनुसार यूएईमा तीन पटक परीक्षण अनिवार्य रहेको छ ।यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आईसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परिक्षण गर्नु पर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न पाउँछ । यस नतिजाले आईपीएललाई सचेत गराएको छ । विगतको परम्पराअनुसार गत सिजनको उपविजेता चेन्नाईले गत वर्षको विजेता मुम्बई इन्डियन्ससँग पहिलो खेलमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।चेन्नाईमा ६ दिने कन्डिसनिङ क्याम्पपछि सुपर किंग्सको भारतीय प्रतिनिधि सम्मिलित टोली अगस्ट २१ मा यूएई पुगेको थियो । यो समूहमा कप्तान महेन्द्रसिंह धोनी, सुरेश रैना, अम्बती रायडु, दीपक चहार, पियुष चावलालगायत खेलाडी छन् । कान्तिपुरबाट