कोरोनाका कारण थप २ को मृत्यु
सहयात्रा टिभी
काठमाडौं । भाद्र–१७, कोरोना सङ्क्रमणका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको मृत्यु भएको छ ।त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा सन्त दासले कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको जानकारी दिए ।
बीस वर्षीया एक महिला र ७५ वर्षीय एक जना पुरुष सङ्क्रमितको मृत्यु भएको हो । जसमध्ये ७५ वर्षीय पुरुषमा मधुमेह रोग र २० वर्षीया महिलामा मिर्गौलाको समस्या भएको डा. दासले जानकारी दिए । पुरुष मङ्गलबार अस्पतालमा भर्ना भएका थिए भने महिला सोमबार भर्ना भएको उनले जानकारी दिएका छन् ।