नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ४२ हजार ८ सय ७७ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । भाद्र –१८, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएको जनाएको छ ।३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको हो । थपिएकासँगै सङ्क्रमित हुने कुल संख्या ४२ हजार ८७७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएको थियो ।

हाल सम्म सकृय सङ्क्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसोलेसनमा दश हजार ६७१ रहेका छन् । होम आइसोलेसनमा सातहजार ७४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने संख्या २४हजार २०७ पुगेको छ । भने निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७४९ रहेका छन् ।

कोरोना संक्रमणबाट २४ घन्टामा थप ६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ४ जना महिला र २ जना पुरुष रहेका छन् ।मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया महिलाको मृत्यु भएको जनाएकाहुन् ।त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षींय र रुपन्देहीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

प्रकाशित : 3 September, 2020

प्रतिक्रिया दिनुहोस्