नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा ९सय ५ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ४८ हजार नाघ्यो

काठमाडौं । भाद्र–२३,पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट नेपालमा कोभिड–१९ का थप ९०२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको हो । हाल सम्म सकृय सङ्क्रमित १४ हजार ८६८ जना रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा दुई हजार २८७ जना निको भएका छन् ।एकै दिन निको भएर जानेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो सँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको प्रवक्ता डा. गौतमले बताएकाछन् । निको हुने दर ६८.५ प्रतिशत पुगेको छ । हाल सम्म आइसोलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ३१० जना सङ्क्रमित रहेका छन् ।पछिल्लो चौबीस घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय छ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।यस्तै, आइसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ जना रहेको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ८८ हजार १७४ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ६११ पीसीआर परीक्षण भएका छन् ।