अल्का अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । भाद्र–२४,ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले काठमाडौंका ६७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार ललितपुरमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ । १८ पुरुष र २१ महिला संक्रमित मंगलबार राति ८ बजेसम्म थप भएको पनि जनाइएको छ ।