आजदेखि लामो दूरीका सार्वजनिक सवारी सुचारु

सहयात्रा टिभी

काठमाडौं । आश्विन– ०१, आजदेखि लामो दूरीका सार्वजनिक सवारी चल्ने भएका छन् । कोरोना महामारी सुरु भएपछि झण्डै छ महिनापछि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् ।कोरोना रोकथामका लागि गत चैत ११ देखि लकडाउन भएपछि सार्वजनिक गाडी ठप्प थिए । यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बुधबार विज्ञप्ति निकालेर बिहीबारदेखि बस सञ्चालन गर्न सबैलाई अनुरोध गरिसकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको थियो । सरकारले साबिकको भाडादरमा थप ५० प्रतिशत बढीसम्म लिन पाइने व्यवस्था पनि गरेको छ । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीको एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ ।

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्