देशभरका सबै अदालत बिदा

सहयात्रा टिभी

काठमाडौं । आश्विन– ०१, आज बिहीबार देशभरका सबै अदालतमा बिदा गरिएको छ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको हो ।


सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । १९७६ सालमा सप्तरीमा जन्मेका सिंहले २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सेवा सुरु गरेका थिए । सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले २०१६ असार १५ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए ।

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्