अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन

सहयात्रा टिभी

काठमाडौं । आश्विन– ०१, काठमाडौं महानगरपाकिलाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । महानगरपालिकाले आज वडा २६ लगायत १० वटा वडाबाट सेवा सुरु गरेको हो । महानगरपालिकाको सातौ नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताए ।


सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले यस्तो व्यवस्था गरेको उनले भने । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ ।

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्