संविधान दिवसको दिन विभूषित हुने व्यक्तिहरुको नाम सिफारिस
सहयात्रा टिभी
काठमाण्डौं । आश्विन– ०२, मन्त्रिपरिषद् बैठकले संविधान दिवसमा विभूषित हुने व्यक्तिहरुको नाम सिफारिस गरेको छ । बैठकले यस वर्षको संविधान दिवसका अवसर प्रदान गरिने विभिन्न विभूषणका लागि नाम सिफारिय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा प्रदान गरिने विभूषणका लागि नामावली राष्ट्रपतिसमक्ष सिफारिस गरेको जनाइएको छ । तर को को र कति संख्यामा सिफारिस गरियो भन्ने निर्णय खुलाइएको छैन ।