गणेशमान सिंहलाई सम्झँदै देउवाले भने, गणेशमान नै मेरो राजनीतिक अभिभावक
काठमाडौं । असोज–०२, नेपाली राजनीतिको शिखर पुरुष, जनआन्दोलनका सर्वोच्च कमान्डरका रुपमा चिनिने काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको आज २३ औँ स्मृति दिवस रहेको छ । ६ दशक लामो राजनीति जीवनमा नेता सिंहले राणा र राजतन्त्रविरुद्ध उभिएबापत १५ वर्षभन्दा लामो समय त जेल जीवन बिताएका थिए ।
उनको स्मृति दिवसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशमान सिंहलाई आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् । सिंहलाई सम्झँदै देउवाले सिंहकै प्रेरणाले नै आफू राजनीतिमा लागेका बताएका हुन्। देउवाले फेसबुकमार्फत लेखेका छन्, ‘आज मेरो आदरणीय नेता गणेशमान सिंहको २३ औं स्मृति दिवश। उहाँ नेपाली राजनीतिको शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता तथा मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो । उहाँकै प्रेरणा र मार्गदर्शनले म सानो उमेरमै राजनीतिमा होमिएको हुँ।’ ‘मेरो अभिभावक गणेशमान सहिप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ ।’