‘आउने कि नआउने दाइ’ बोलको गीत सार्वजनिक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज–०२, गायक पशुपति शर्माको स्वरमा रहेको दशैँ तिहार गीत सार्वजनिक भएको छ । ‘आउने कि नआउने दाइ’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो । गीतमा शर्मासँगै सरिता कार्की र बालगायिका आयुषा केसीको स्वर रहेको छ ।
जीवन प्याकुरेलको शब्द तथा लय समेटिएको गीतमा विनोद पराजुलीले संगीत संयोजन गरेका छन्। गोरखा चौतारी म्युजिकले उत्पादन तथा वितरणको जिम्मा लिएको गीत बसन्त पोखरेल र सुनिल पोखरेलको निर्माणमा सहयोगमा बनेको हो । स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको भिडियोमा सुनिल लामिछाने, करिश्मा ढकाल, आयुषा गौतम, हिरण्य पोखरेल, बसन्त पोखरेल र कुलबहादुर ओलीको अभिनय छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई शिव पौडेलको सम्पादन गरेका हुन्।