संविधानले नेपालको राष्ट्रिय एकता र सुरक्षा स्थापित गरेको छः प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । असोज–०३, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि जारी भएको संविधानले नेपालको राष्ट्रिय एकता र सुरक्षा स्थापित गरेको बताएका छन् । संविधान दिवसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संविधान सम्बन्धी ‘अ ट्रिटिज अन द कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक बिमोचन सहमारोहमा बोल्दै प्रधानमन्त्री ओलीे यस्तो बताएका हुन् ।

उनले भने, “नयाँ संविधानलाई नेपाली जनताको चाहना बमोजिम पारित हुन नदिने चलखेल पनि शुरुमा नभएका होइनन् तर जनताले त्यसलाई पराजित गरिदिए । अब यसको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सकिन्छ । यसका लागि सरकार तयार छ ।” ,साथै ‘जनताका प्रतिनिधिले बनाएको यो संविधानले एक राष्ट्र र नेपाली जाती अर्थात हामी नेपाली भन्ने कुरा स्थापित गरेको छ ।’ राष्ट्रियताका सवालमा सबै एक भएर नेपालको नयाँ राजनीतिक नक्सालाई दोस्रो संशोधनमार्फत सर्वसम्मतरुपमा समेटिएको घटनाले राष्ट्रिय एकता गराउने देन र तागत संविधानमा रहेको उल्लेख गरे ।

प्रकाशित : 19 September, 2020

प्रतिक्रिया दिनुहोस्