खाली सिलिण्डरको मूल्य तोकियो

सहयात्रा टिभी

काठमाडौं । असोज–०२, नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको हो ।

खाली सिलिण्डरको मूल्य तोकियो
संघले ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैया तोकेको छ ।बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ सय ७५ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने छैन । निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरेर भरी सिलिण्डर ग्याससहित नया सिलिण्डरको मूल्य निर्धारण गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वन्वयन हुने संघले जनाएको छ ।

प्रकाशित : 18 September, 2020

प्रतिक्रिया दिनुहोस्