रेल जनकपुरधाम आइपुग्यो
सहयात्रा टिभी
काठमाडौं । असोज–०२, भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेका नयाँ दुई सेट रेल शुक्रबार दिउँसो जनकपुरधाम आइपुगेको छ । ८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको छ । रेल जनकपुर आइपुगे पनि औपचारिक रुपमा सञ्चालन दशैँ तिहारपछि गर्ने तयारी छ ।
बहुप्रतीक्षित रेल जनकपुर आएपछि नेपालको इनर्वादेखि जनकपुरको कुर्थासम्म हेर्ने स्थानीयको घुँइचो लागेको छ। रेल सञ्चालनलगतै व्यापार व्यवसाय फस्टाउने तथा भारत आवत जावतमा सहज हुने भएकाले स्थानीय हर्षित भएका छन्। यस्तै उक्त दुई सेट रेल निर्माण कम्पनीले केही बेरमै नेपाल सरकारलाई हस्तान्तरण गर्दै छ।