हेटौंडाकी १७ वर्षीया किशोरीको कोरोनाको कारण मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज–०४, कोरोना भाइरसको संक्रमण देखिएकी मकवानपुर हेटौंडा–१० की १७ वर्षीया किशोरीको चितवन भरतपुरमा रहेको मेडिकल कलेजको शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको छ ।

ती किशोरी स्वासप्रश्वास तथा निमोनियाको समस्या भएका कारण भदौ २२ गते अस्पताल भर्ना भएकी अस्पतालका निर्देशक डा.दयाराम लम्साले बताएकाछन् । भदौ २४ गते उनलाई कोरोना भाइरसको संक्रमण पुष्ट भएको थियो ।अस्पतालले ,आईसीयूमा उपचाररत उनको आइतबार पौने चार बजे मृत्यु भएको जनाएको छ ।यसअघि आइतबार चितवन कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको पनि चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । उनमा पनि नियमोनिया र स्वासप्रश्वास कै समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : 20 September, 2020

प्रतिक्रिया दिनुहोस्