नेकपा सचिवालय बैठक फेरि पनि स्थगित
सहयात्रा टिभी
काठमाडौं । असोज–०५, आजका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । मन्त्रिपरिषद् हेरफेरलगायत ४ एजेण्डामा छलफल गर्न आइतवार शुरू भई सोमवारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित भएको हो ।
शीर्ष नेताहरुको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । मंगलवार मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी सोमवारको बैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ । बैठक सोमवार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमै बस्ने गरी तय भएको थियो ।