पूर्वजानकारी विना विद्युत नियमित नभए खबर गर्न आग्रह
सहयात्रा टिभी
काठमाडौं । असोज–०५, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा नियमित नभए तत्काल खबर गर्न आग्रह गरेको छ। पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुक मार्फत जानकारी दिएका छन्।
उनले त्यसका लागि मन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बरमा सम्पर्क गर्न भनेका छन्।